माछापुच्छ्रे बैंक लिमिटेडको एक हजार अङ्कित दरका ३० लाख कित्ता ऋणपत्र यहिमिति २०७८/०३/३१ गते बिहिबारदेखि जारी गरेको छ । वार्षिक ८.५० प्रतिशतको आकर्षक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।
नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७को कुल निष्काशित ३० लाख इकाईमध्ये १२ लाख कित्ता अर्थात कुल १ अर्ब २० करोड ऋणपूजी रकम (५% अर्थात ६०,००० कित्ता सामुहिक लगानी कोषका लगानी कोषका लागि छुट्याईएको) सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ भने बाँकी १८ लाख कित्ता अर्थात कुल १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदनगर्न सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ४ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा साउन १७गतेसम्म बन्द हुनेछ ।
प्रतिक्रिया