काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री खाणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको उल्लेख गर्दै सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने प्रतिबद्धता पनि जनाए । उनले पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भए पनि मासिक केही रकम दिने निर्णय गरेको बताउँदै रकम अपुग भए पनि बजेटअनुसार निर्धारण गरिएको बताए ।




















प्रतिक्रिया