Logo

सुरक्षा/अपराध

हाडनाता करणी मुद्दाका फरार अभियुक्त पक्राउ



हाडनाता करणी मुद्दाका फरार अभियुक्त मोरङ रङ्गेली नगरपालिका-३ बस्ने ४६ वर्षीय रोहित विश्वकर्मालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ । 

हाडनाता करणी मुद्दामा उच्च अदालत बिराटनगरको २०७४ असार २८ गतेको फैसलाले १७ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय वेरुजू रही फरार रहेका उनलाई मोरङ अमरदह नगरपालिका-१ खैरबारीबाट फेला पारी उक्त ब्यूरोले पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मोरङ पठाईएको उक्त ब्यूरोले जनाएको छ । 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १७:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।