Logo

खेलकुद

महिला युरो कपकाे उपाधिका लागि जर्मनी र इङ्ल्यान्ड खेल्दै



काठमाडौं । महिला युराे कप–२०२२ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि इङ्ल्यान्ड र जर्मनी खेल्दैछन् । खेल वेम्बलीमा राति पौने १० बजे सुरु हुनेछ ।

आजको खेल जितेमा इङ्ल्यान्डले महिला विश्व फुटबलमा नयाँ इतिहास रच्नेछ । जर्मनीले आठ पटक महिला युराे कपको उपाधि जितेको छ ।

आयोजक इङ्ल्यान्ड त्यही मैदानमा खेल्न लागेको छ, जहाँ पुरुष टोलीले सन् १९६६ को विश्व कपमा पश्चिम जर्मनीलाई हराएर उपाधि जितेको थियो ।

पहिलो सेमिफाइनलमा इङ्ल्यान्डले स्विडेनलाई ४–० र दोस्रो सेमिफाइनलमा जर्मनीले फ्रान्सलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १४:५४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।