Logo

राजनीति

वाईसीएल नेपालको दोस्रो राष्ट्रिय भेला भदौमा



काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको राष्ट्रिय भेला आगामी भदौमा हुने भएको छ । भदौ ३ र ४ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाले पदाधिकारी चयन गर्ने छ । वाईसीएलका सहसंयोजक सुबोध शेर्पाइलीका अनुसार भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुनेछ । भेलामा करिब ५ सय प्रतिनिधि सहभागी हुनेछन् ।

एक महिलासहित प्रत्येक जिल्लाबाट तीन जना, हालका केन्द्रीय सदस्य २०४ जना, दुई केन्द्रीय विभागबाट ४२ प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् । त्यस्तै कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कार्यालयले प्रतिनिधि मनोनित गर्ने छ ।

गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन नसकेपछि सुमन देवकोटाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो । यसअघिका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले ४० वर्षे उमेर हद पार गरेका कारण संगठनबाट बिदा लिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १५:१९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।