काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकविरुद्ध सरोकारवालाहरुले माइतीघरमा धर्ना दिएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई शंसोधन गर्न बनेको विधेयकविरुद्ध सरोकारवाला संस्थाहरुले आइतवार धर्ना दिएका हुन् ।
नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले गरेको प्रदर्शनमा सहभागीहरूले ऐन संशोधन प्रक्रियामा पीडितहरूसँग सार्थक परामर्श गर, दण्डहीनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन, विधेयकका त्रुटिपूर्ण प्रावधानहरू खारेज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नयाँ कानुनले आफूहरू थप पीडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरूको भनाइ छ ।
सरकारले हालै ल्याएको संशोधन विधेयक संसदमा विचाराधीन छ। संशाधेन विधेयकमा गम्भीर अपराधमा संलग्नलाई मात्रै मुद्दा चलाउने र अन्यमा मेलमिलापलाई प्राथमिकता दिने उल्लेख छ । विधेयक सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता अनुरुप आउनुपर्ने सरोकारवाला निकायको माग छ ।




















प्रतिक्रिया