Logo

राजनीति

महंगी र भ्रष्टाचारविरुद्ध एमालेले भाेलि विराेध प्रदर्शन गर्ने, सर्वसाधारणलाई पनि सहभागी हुन आह्वान



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भाेलि (साेमवार) महंगी र भ्रष्टाचारविरुद्ध प्रर्दशन गर्ने भएको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिसँगै हरेक क्षेत्रमा महंगी बढेकोले नागरिकको जीवन कष्टकर बनिरहेको भन्दै एमालेले विरोध प्रर्दशन गर्न लागेको हो ।

पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध यही साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको हो । प्रदर्शनमा उपत्यकाका तीन वटै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन् ।

र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको एमालेले जनाएको छ ।

राजधानीको वसन्तपुरबाट सुरू हुने बृहत् जनप्रदर्शनमा एमाले आम सर्वसाधारणलाईसमेत सहभागिताका लागि एमालेले आव्हान गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १६:०८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।