Logo

राजनीति

सूर्यगढी ५ का वडाध्यक्ष ढकालले सार्वजनिक गरे आफ्नो कार्यकालको ७० दिने उपलब्धि



काठमाडाैं । नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष अच्युतराज ढकालले आफ्नो कार्यकालको ७० दिने उपलब्धि सार्वजनिक गरेका छन् । ३१ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका ढकालले ५ जेष्ठमा सपथ ग्रहण गरेर कार्यभार सम्हालेका थिए । उनले आफ्नो ७० दिने उपलब्धिलाई विभिन्न २० बुँदामा समेटेका छन् ।

वडाध्यक्ष ढकालले यो बीचमा वडाको सम्पूर्ण बाटोहरु सरसफाइ गर्नुका साथै खाल्डाखुल्डी पुरेको, विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम अन्तरगत कालिमाटीस्थित जालपादेवी युवा आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको लगायतका बुँदा समेटेका छन् । यसैगरी सुर्यगढी ५ मा संचालनमा रहेका मुख्य मोटरबाटोहरु बगरकालिमाटी भञ्ज्याङ् हुँदै झोलेखोल्चा आमभन्ज्याङ्ग हुँदै जालपा देबि मन्दिर पर्यटक मार्ग, ताप्रेचौर सिंगारे हुँदै ढकाल डाडा गणेशस्थान मोटरबाटो फेदिबेसी पिप्ले खारे हुँदै डाडे स्याङ्ले मोटरबाटो, गण्डकी खोल्चा बगुवा हुँदै रातमाटे मोटरबाटोको डिपिआर गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फाइलिङ्ग गरिएको उल्लेख गरेका छन् ।

यी हुन् वडाध्यक्ष ढकालको ७० दिने उलब्धिहरु :

१. वडाको सम्पूर्ण बाटोहरु सरसफाइ तथा खाल्डाखुल्डी पुर्ने ।

२. सम्पूर्ण विद्यार्थीसंग जनप्रतिनिधि कार्यक्रम अन्तरगत कालिमाटी स्थित जालपादेबी युवा आधारभुत बिधालयलाई शैक्षिक सामाग्री वितरण ।

३. विश्व पर्यावरणीय कार्यक्रम अन्तरगतको कृषि वन कार्यक्रम सुचारुसँगै कफिको नर्सरी गरियो । जुन कार्यक्रम बहुवर्षीय बार्षिक बाली जस्तै (एभोकाडो, चिउरी, लप्सी, आँप लिची, कटहर , लगायतको नर्सरीको काम हुँदै छ । जुन बीस बर्से कार्यक्रम सुचारु भइसकेको छ ।

४. सूर्यगढी ५ मा संचालनमा रहेका मुख्य मोटरबाटो हरुस् बगरकालिमाटी भञ्ज्याङ् हुँदै झोलेखोल्चा आमभन्ज्याङ्ग हुँदै जालपा देबि मन्दिर पर्यटक मार्ग, ताप्रेचौर सिंगारे हुँदै ढकाल डाडा गणेशस्थान मोटरबाटो फेदिबेसी पिप्ले खारे हुँदै डाडे स्याङ्ले मोटरबाटो , गण्डकी खोल्चा बगुवा हुँदै रातमाटे मो। बाटो को डिपिआर गरि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा फाइलिङ्ग गरियो ।

५. विद्यार्थी संग जनप्रतिनिधि कार्यक्रम अन्तरगत वडामा रहेका पाँच वटै बिद्यालयहरुलाइ सैक्षिक सामाग्री वितरण गरियो ।

६. कृषि पेसामा निर्भर हाम्रो कृषकहरुलाइ गा। पाको ५०५ अनुदानमा हाते ट्याक्टर बितरण गरियो ।

७. वडाम संचालित सम्पुर्ण योजनाहरुको अनुगमन गरियो ।

८. वडाका बाख्रा पकेट समन्वय समितिलाइ ५ण्५ अनुदानमा विभिन्न मेसिन औजारहरु हस्तान्तरण गरियो ।

९. सम्पुर्ण वडा बासिहरुकोआर्थिक उन्नति र बाताबरण संरक्षणको लागि जिल्ला बन कार्यलयबाट धुपी , सिसौ ,सुनचाप , कपुर लगायत विभिन्न बिरुवाहरु बितरण गरियो ।

१०. वडामा रहेका दन्त सम्बन्धि समस्या भयाका करिब एक हजार बिरामिहरुलाइ उपचार गरियो ।

११. प्रोत्साहन स्वरुप जिल्ला स्तरीय कबिता बाचनमा प्रथम हुनुभएका ननिसा कडेललाइ सम्मान गरियो ।

१२. बर्सौ देखि हिडडुल गर्न नसक्ने दुइजना असक्तहरुलाइ व्हिलचियर बितरण गरियो ।

१३. वडा पसु सेवा मार्फत गोबर जाच्ने , खसिपार्ने ब्यवस्था वडा बाटै सुरु गरियो ।

१४. वडाका सम्पुर्ण बिद्यालय क्षेत्रमा बृक्षारोपण गरियो साथै स्वास्थ चौकिको प्राङ्गणमा समेत ।

१५. स्वास्थ समिती गठन गरि दिर्घरोगिहरुको लागि नियमित औसधिको ब्यवस्थाको लागि प्रक्रिया अगाडि बढाइयो ।

१६. मच्छेदेबी मन्दिर सरसफाइ तथा मरणपाटी बाटो मर्मत गरियो ।

१७. एम्बुलेन्स ल्याउने प्रकृया लगभग ७५५ पूरा भयको छ अब छिट्टै आउनेछ ।

१८. वडामा रहेका सम्पुर्ण राजनैतिक दल, संघ सस्था ,सामुदायिक बन, सहकारी , बिद्यालय र सम्पुर्ण ब्यावशायिहरु सङ छ्लफल अन्तरक्रिया गरियो ।

१९. सामाजिक सुरक्षा भत्ता वडामै बितरण गरियो ।

२०. टोलटोलमा गइ योजना छनोट गरियो लगायत धेरै अन्य धेरै योजना हरु गरिदै छ । जुन कार्यले सुर्यगढी ५ का जनतालाई प्रत्यक्ष प्रभाग गर्नेछ ।

प्रकाशित मिति : श्रावण १५, २०७९ आईतबार  ७ : ३४ बजे