Logo

सुरक्षा/अपराध

चोरीको २ वटा मोटरसाईकल सहित एक जना पक्राउ



पेशेवर रूपमै मोटरसाईकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाईकल सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । 

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा ९५ प २३३ नम्वरको केटिएम डुक २०० सिसिको मोटरसाइकललाई विना साँचो डाईरेक्ट स्टार्टगरी चलाई रहेको अवस्थामा कमलामाई नगरपालिका -७, दोलखाघर भएका वर्ष १९ को विज्ञान भुजेललाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको जानकारी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन् । 

उक्त मोटरसाइकल हिजो आईतबार विहान ८:३० बजे भक्तपुर सानोठिमीबाट हराएको भनी बैदेश्वर गाउँपालिका-३, दोलखा घर भएका कृष्ण कार्कीले यस महाशाखामा जानकारी गराएका थिए । चोरी भएको सुचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकको टोलीले खटिएको ट्राफिक प्रहरीको टोलीले आईतबार दिउँसो ३स्०० बजे नै उक्त मोटरसाईकल सहित १ जनालाई नियन्त्रण लिन सफल भएको एसएसपी भट्टराईले बताए ।

नियन्त्रणमा लिईथप अनुसन्धान र सोधपुक्ष पश्चात  बा ८३ प ३३४५ नम्बरको २०० सिसि एनएस रातो पल्सर मोटरसाईकल समेत कौशलटारबाट बरामद गरेको छ । उक्त मोटरसाइकल यहि जेष्ठ १०गते बालकुमारी, ललितपुरबाट हराएकोभनी गोदावारी न.पा. -६, टिकाभैरव घरभएका लक्ष्मण रानाले हुलिया निवेदन यस महाशाखामा दिएका थिए।

पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलहरू सहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तर रूपमा चलाई राखेको छ । 

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  ६ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।