काठमाडौं । रोशन वर्माले आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्माले राष्ट्र प्रमुख शाह वंशीय राजा हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, संघीयता खारेजी र हिन्दु राष्ट्र कायम हुनुपर्ने लगायत एजेन्डा अघि सारेर स्वतन्त्र उम्मेदावरी दिने घोषणा गरेका हुन् ।
यसैगरी वर्माले मन्त्री गैरसांसद तथा सम्बन्धित क्षेत्रका विज्ञ मात्रै हुनुपर्ने, शिक्षा, स्वास्थ्य पूर्ण निःशुल्क गर्ने, सानालाई ऐन र ठूलालाई चैनको अन्त्य गर्ने, मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नेलगायतका एजेन्डा अघि सारेका छन् ।
आफू प्रधानमन्त्रीका लागिसमेत याेग्य उम्मेदवार रहेकाे दाबी गर्दै उनले प्रधानमन्त्री भए दुई वर्षमै सम्पूर्ण वैदेशिक ऋण तिरेर ५ बर्ष भित्र G-20 मुलुक सरह नेपाललाई सप्पन्न, विकसित र शक्तिशाली बनाउने उनले बताएका छन् ।
काठमाडौं क्षेत्र नं. ४ पूर्वमन्त्री समेत रहेका कांग्रेस युवा नेता गगन थापाको निर्वाचन क्षेत्र हो । यस क्षेत्रमा जोसुकैसँग पनि प्रतिस्र्धा गर्न आफू तयार रहेको र जित्ने दाबी स्वतन्त्र उम्मेदवार वर्माको छ ।
यस्ता छन् स्वतन्त्र उम्मेदवार वर्माका एजेन्डाहरु :





















प्रतिक्रिया