Logo

राजनीति

धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ । सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेको टोलीले आइतबार कार्यकक्षनै ताडफोड गरेको हो । तोडफोडबारे जानकारी गराउँदै मेयर साम्पाङले दोषीमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

धरानको बराह सहकारी बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको भन्दै आन्दोलित निक्षेपकर्ताहरुको टोली मेयर साम्पाङसँग छलफलका लागि पुगेको थियो ।

घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रकृया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको जनाएका छन् । ‘म पीडितको पक्षमा उभिँदा, छानबिन प्रकृया अघि बढाउन चाहँदा सबै प्रकृया विथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरुलाई के भन्नु हुन्छ ! अब यसरी पिडितले न्याय पाउँलान् त ?’ साम्पाङले लेखेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १३:५०   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।