Logo

वर्षा राउतको प्रश्न, ‘खै कहाँ छ नारीका लागि कानून ?



अभिनेत्री वर्षा राउतले नारी अधिकारका लागि कानून भएको तर, कागजमा मात्रै सीमित भएको बताएकी छन् । शनिबार (आज) सोसल मिडिया फेसबुकमार्फत् अभिनेत्री वर्षा राउतले बलात्कारको विषयलाई लिएर आफ्नो विचार राखेकी हुन् ।

अभिनेत्री वर्षाले भर्खरै जन्मिएकी शिशुदेखि ८० वर्षीया बृद्धासम्म बलात्कृत, बाउद्वारा छोरी बलात्कृत, बालक बलात्कृत, बालिका बलात्कृत अनि देशका सबै ठाउँमा बलात्कार भइरहेको भन्दै नारीको सम्मान, सुरक्षा र कानुन कहाँ छ ? भन्दै प्रश्न गरेकी हुन् ।

उनले भनेकी छन्, ‘म एक नारी हुँ ! एक नेपाली नारी ! धेरै अघिदेखिको राजनीतिक संघर्षबाट प्राप्त नेपालको संविधानले हामी नेपाली नारीहरूलाई सम्मानित, सुरक्षित र सामान अवशरका साथ बाच्न पाउने व्यवस्थाको लाभ उठाइरहेकी नारी ! यस्तो संबैधानिक व्यवस्था ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद ! तर, कति दिन धन्यवाद भनिरहने ?’

उनले थप भनेकी छन्, ‘नारी अधिकारका लागि कानून छ तर कागजमा मात्र सीमित । कानून मन्त्री र न्यायमूर्ती पनि नारी नै हनुहुन्छ तर, मौन ! नेपाली कानूनले आँखा मात्र होइन कान र मुखमा पनि पट्टी बाँधे झैं भान भइरहेको छ ।’

त्यस्तै, खै कहाँ छ नारीलाई सम्मान ?, खै कहाँ छ नारीलाई सुरक्षा ?, खै कहाँ छ नारीका लागि कानून ? भन्दै प्रश्न पनि गरेकी छन् ।

 

raut-1 (1).jpg

प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार  ८ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।