Logo

प्रमुख समाचार

पानीमा रुझ्दै महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन



काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले मूल्यबृद्धिलगायत जनसरोकारका विषयलाई लिएर काठमाडौंमा बृहत् जनप्रदर्शन कार्यक्रम भइरहेको छ । 

मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली गरेको हो । 

आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन अपरान्ह दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा पुगेर बसन्तपुरमा सभामा परिणत हुनेछ । प्रदर्शनसँगै काठमाडौं उपत्यकामा पानीसमेत परिरहेको छ ।

जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र जनबर्गिय संगठनहरुको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १५:३९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।