धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश सभापतिमा नरेन्द्रबहादुर चन्द चयन भएका छन् । केही समय अघि दर्ता भएको रवि लामिछाने नेतृत्वको सो पार्टीले देशभर संगठन विस्तार गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेश सम्पर्क समितिका सदस्य ललितबहादुर सिंहको संयोजकत्व बसेको प्रदेशको पहिलो बैठकले चन्दलाई सुदूरपश्चिम सभापतिमा चयन गर्ने निर्णय गरेको हो ।
यस्तै पार्टीको सुदूरपश्चिम सचिवमा बैतडीका भोजराज जोशीलाई चयन गरिएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा रहने भएको छ ।




















प्रतिक्रिया