Logo

प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै , यस्ता छन् एजेन्डा !



काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक,२०७७’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘शपथ सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन् । 

यस्तै, बैठकमा  प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाबाट सन्देशसहित  प्राप्त तथ्यांक विधेयक २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्‍तुत गर्नेछन् ।

तेसैगरी, बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राष्ट्रियसभाबाट सन्देशसित प्राप्त स्ट्याण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक, २०७८  र प्रत्यायन विधेयक २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेकाे छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार १२:२१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।