Logo

प्रमुख समाचार

थपिए ८ सय १४ जना कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ४१५ जनामा परीक्षण गर्दा ८ सय १४ जनामा संक्रमण देखिएको हो । त्यस्तै, सोही अवधिमा २ सय ९९ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार १ सय ४४ रहेको छ ।

अहिलेसम्म संक्रमण भएका ११ हजार ५ सय १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार १७:३४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।