Logo

प्रमुख समाचार

संविधानविद् आचार्य भन्छन् : निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छ



काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद स्वतः भंग हुने बताएका छन् । आचार्यले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गरिराख्नु नपर्ने  समेत जनाएका छन् । 

‘प्रतिनिधि सभाको कार्यकाल ५ बर्षको हो । कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानवीद् आचार्यले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्देन ।’

संसद नै नरहेपछि सांसद समेत नरहने उनले बताएका छन् । ‘स्थापित मान्यताको कदर गरौं,अति नगरौं,’ उनले लेखेका छन् । 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार १८:१७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।