काठमाडौं । सत्ता गठबन्धन बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्न सहमति जुटेकाे छ । आजको बैठकमा सत्ता गठबन्धनका नेताहरु सहमत भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले मंसिर ४ गते निर्वाचन मिति तोक्ने सहमति जुटेको हो ।
बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले मंसिर ४ गते चुनाव मिति तोक्ने सहमति भएको बताइन् ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्ने निर्णय भएको उनको भनाइ छ । ‘अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्नेछ । यस विषयमा गठबन्धन दलबीच सहमति जुटेको हो,’ उनले भनिन् ।




















प्रतिक्रिया