Logo

राजनीति

प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो ।

नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका राजनीतिक विश्लेषक सुवेदी प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भएका हुन् । धनकुटा पुर्ख्यौली घर भएका सुवेदी विद्यार्थीकालमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १७:०५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।