Logo

प्रवास

भारतमा बन्दुक देखाउँदै प्रेमीकै अगाडि प्रेमिकाको सामूहिक बलात्कार



महिलामाथिको यौन हिंसा डरलाग्दो समस्याको रुपमा बढिरहेको छ । नेपाल मात्र होइन छिमेकी देश भारत पनि यो समस्याबाट मुक्त छैन ।

भारतमा बन्दुक देखाउँदै प्रेमीकै अगाडि प्रेमिकाको सामूहिक बलात्कारको झारखण्डमा बन्दुक देखाउँदै प्रेमीकै अगाडि प्रेमिकालाई ५ जनाले सामूहिक बलात्कार गरेका छन् । जमसेदपुर सहरमा १७ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी हुन् ।

उक्त घटनामा संलग्न आरोपमा झारखण्ड प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । हिन्दी बीबीसीका अनुसार ती किशोरी आफ्ना ब्वाइफ्रेन्डसँग बागबेडा भन्ने स्थानमा जाँदै थिइन्। त्यस क्रममा अचानक ५ जना देखापरे र बन्दुक देखाउँदै उनीहरूलाई कालियाडिह गौशाला भन्ने ठाउँमा लगे र ब्वाइफ्रेन्डलाई बाँधे अनि किशोरीलाई पालैपालो बलात्कार गरे।

घटनापछि पक्राउ परेका ५ जनामध्ये एक जना नाबालिग भएकाले उनलाई सुधारगृह र अन्य ४ अभियुक्तलाई हिरासतमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्तकाे नाम सार्वजनिक गरिसकेकाे छैन।

प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार  ९ : २६ बजे