Logo

प्रमुख समाचार

७० वर्षमै राजनीति छोडौं कि भनेको परिस्थितिले दिएको छैन : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपालले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् । बिहीवार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले आफूले ७० वर्ष पुगेपछि राजनीति छोड्न चाहेको भए पनि परिस्थितिले नदिएको दाबी गरे ।

‘७० वर्षमै छोडौं कि भनेको परिस्थितिले दिएको छैन’, उनले भने, ‘आज मात्रै चुनाव घोषणा भएको छ । यसपटकको चुनाव त लड्नैपर्छ, जित्नैपर्छ । नउठ्ने हो भने माधव नेपाल डराएछ कि भन्ने पर्छ ।’

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १८:३९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।