Logo

राजनीति

सरकार अब कमचलाउ भयो, महत्वपूर्ण निर्णय गर्न पाउँदैन : सुवास नेम्वाङ



बुटवल । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनावको मिति घोषणासंगै सरकार कामचलाउ बनेको बताएका छन् । उनले सरकारले अब महत्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न नपाउने बताए । प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘आजदेखि सरकार कमचलाउ भयो, अब सरकारले महत्वपूर्ण निर्णय गर्न पाउँदैन ।’

बिहीबारको मन्त्रिपरिषद बैठकले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको छ । उपाध्यक्ष नेम्वाङले सरकारले छापामार शैलीम चुनावको मिति घोषणा गरेको टिप्पणी गरे । यद्यपि निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको बताए । नेम्वाङले अहिलेको गठबन्धन संसदीय मूल्य मान्यता विपरीत दूषित रहेको टिप्पणी गरे ।

एम अधिकारी प्रकरण राजनीतिक बिषय भएको भन्दै नेम्वाङले सत्ता पक्षले हचुवाको भरमा यो बिषय उछालेको दाबी गर्दै छानबिन गरेर कारबाही गर्न चुनौती दिए । अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनले बजेट निर्माणका क्रममा उठेका प्रश्नको उत्तर दिनुको साटो झन् धेरै प्रश्न जन्माएको नेम्वाङले बताए । आसन्न चुनावमा एमालेले सकेसम्म विचार मिल्नेसंग तालमेलको प्रयास गर्ने नभए एक्लै लड्न पार्टी सक्षम रहेको उनले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १८:५६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।