Logo

राजनीति

प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आइतबारदेखि दल दर्ता गरिने



काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आइतबारदेखि दल दर्ता गर्ने भएको छ । सरकारले मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै चरणमा गर्ने घोषणा गरेसँगै आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसबारे जानकारी दिएका हुन् ।

थपलियाका अनुसार आउँदो हप्ता देखिनै समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम अघि बढाइने छ । ‘उम्मेदवारको बन्द सूचीको प्रक्रिया अघि नबढाई प्रत्यक्ष उम्मेदवारीको काम नबढ्ने भएकोले त्यसलाई हामीले छिट्टै सक्नुपर्ने हुन्छ । निर्वाचन कार्यविधि, आचार संहिताका विषयहरु छन् तिनको परिमार्जन, संशोधन अझै व्यवहारिक बनाएर कार्यान्वयन गर्छौँ’, उनले भने ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १९:२२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।