Logo

प्रमुख समाचार

निर्वाचनको मिति घोषणा स्वागतयोग्य : युवा नेता प्रसाई



नेकपा एमालेका युवा नेता ओमकृष्ण प्रसाइले निर्वाचनको मिति घोषणालाई स्वागतयोग्य निर्णय भएको बताएका छन् ।सरकारले आज प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेपछि प्रसाईले आफ्नो आधिकारिक सामाजिक सन्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामि मंसिर ४ गते एकै चरणमा निर्वाचन सम्पन्न गर्ने सरकारले निर्णय गरेको छ ।

आगामि निर्वाचनमा उम्मेदवारको आंकाक्षीसमेत रहेका जुझारु युवा नेता प्रसाइले नेकपा एमाले पनि आवधिक निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै सरकारको यो निर्णय सकारात्मक रहेको बताए हुन् ।

खेलकुद क्षेत्रमा समेत लामो अनुभव बटुलेका प्रसाई संसदीय तथा प्रदेश निर्वाचनको घोषणा लाई राजनीतिक अस्थिरताको अन्त्य र मुलुकको समस्या समाधानको ढोका खोल्ने माध्यमको रुपमा लिनु पर्ने धारणा व्यक्त गरेका छन् । गत असार २२ गते निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्न र मंसिर २ गते गर्न सरकारलाई सुझाव दिएको थियो । सामाजिक संजालमा उनको प्रतिक्रिया यस्तो छ :

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार २१:१६   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।