Logo

राजनीति

काठमाडौं–७ मा कांग्रेसबाट प्रतिनिधिसभा चुनाव लड्ने पौडेलको घोषणा



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता दक्ष पौडेलले अगामी संसदीय निर्वाचनमा काठमाडौं ७ बाट दाबेदारी प्रस्तुत गरेका छन् । सन्त नेता कृष्ण प्रसाद भट्टराईसँग लामो समय निकट भएर काम गरेका बागलुङ अमलाचौरका पौडेलले उम्मेदवारी घोषणा गर्दै दाबेदारी प्रस्तुत गरेका हुन् ।

लामो समयदेखि सामाजिक काममा समेत सक्रिय युवा उद्यमी पौडेलले जनताको सेवा गर्नका लागि चुनाव लड्न लागेको र त्यसका लागि प्रभावकारी एजेण्डाका साथ जनतामा जाने बताएका छन् । उनले २०४३ देखि २०४९ सम्म कांग्रेसको केन्द्रीय कार्यालयको सचिवालयमा बसेर काम गरेका थिए ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  २ : ०६ बजे