Logo

मनोरञ्जन

मेलिना राईले तोडिन् प्रेमी बराइलीसँगको इन्गेजमेन्ट



काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडेकी छन् । उनले केही समयअघि एरेन्जर तथा गिटारिस्ट समेत रहेका बलाइलीसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट पारेकी छन् । ‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो,’ उनी लेख्छिन् ।

‘समय छोटो भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक रुपमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन,’ उनले लेखेकी छिन् । आजकै मितिदेखि इन्गेजमेन्ट तोडिएको सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै उनले शुभचिन्तकमा पर्न गएको असरप्रति क्षमा मागेकी छन् । भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाट देशको सेवा गर्ने उनले बताएकी छन् ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ५ : ४६ बजे