Logo

मनोरञ्जन

‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक



काठमाडौं । फिल्म ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर आज (शुक्रवार) सार्वजनिक भएको छ। सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

फिल्मको ट्रेलरमा पूजा र आकाशको प्रेमका बीचमा अभिनेता सुनम तोप्देनको प्रवेश भएको देखाइएको छ । फिल्मको कथा यीनै तीन पात्रका बीचमा घुमेको निर्माण पक्षले बताएको छ ।

फिल्मको ट्रेलर पनि यीनै तीन कलाकारको सेरोफेरोमा रहेको छ । फिल्म भदौ १७ गतेबाट सिनेमा हलमा प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ६ : ४९ बजे