काठमाडौं । जापानको पाँच दिने भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिरोसिमा पुगेका छन् । नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा पुगेका प्रचण्ड आणविक बम खसेको हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकनका लागि आइतबार बिहान पुगेका हुन् ।
७५ वर्षअघि अमेरिकाले अगस्ट ६ को दिन विमानबाट ‘लिटल बोइ’ नामक आणुबम हिरोसिमामा खसालेको थियो । हिरोसिमाका ६० प्रतिशतभन्दा बढी भवनहरू त्यस क्रममा ध्वस्त भएका थिए । हिरोसिमाका ३ लाख ५० हजार जनसंख्यामध्ये १ लाख ४० हजार मानिसको मृत्यु भएको थियो ।
स्मारकमा प्रचण्डले त्यतिबेलाका विभिन्न घटनाबारेका तस्बिर र सामग्रीहरुको अवलोकन गरेका थिए ।
तस्बिरहरु हेर्नुहाेस्
























प्रतिक्रिया