काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलच्छिना सरकारको भएको बताएका छन् । आइतबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आयोजना गरेको कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकार अलच्छिना र विनाशकारी सरकार भएको बताएका हुन् ।
एक वर्षको अवधिमा देशको अर्थतन्त्र र विकास डामाडोल भएको उनको भनाइ छ ।
ओलीले एमाले सरकारको पालामा बन्दै गरेका पुलबाहेक यो सरकारले कुनै बाटोघाटो, सडक, पुल बनाउन नसकेको आरोप लगाए ।
उनले गठबन्धन सरकारको अस्तित्व नै समाप्त भएकाले अब सरकारमा एमाले आउनुपर्नेमा जोड दिए ।
अस्तित्व सकिएपछि गठबन्धनमा आवद्ध दलहरु एमालेविरुद्ध लागेको भन्दै उनले संघ र प्रदेश सभा निर्वाचनमा एमाले बहुमतका साथ अघि आउने दावी गरे ।




















प्रतिक्रिया