Logo

राजनीति

गृहकाे निर्देशन : नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्नु, गरेको भए सच्याउनु



काठमाडौं । गृह मन्त्रालयले नागरिकतामा अपमानजनक शब्द नलेख्न र लेखिसकेको अवस्थामा त्यसलाई सच्याउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । विभिन्न जिल्लाबाट नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द प्रयोग भएको सम्बन्धमा प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्देशन दिएको हो ।

‘अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने, त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने’, मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केहि दिन यता दलित समुदायका केही व्यक्तिलाई वितरण गरिएको नागरिकतामा ‘कुकुर कामी, कुकुर्नी कमीनी उल्लेख भएका नागरिकता तथा मतदाता नामावली परिचय पत्र सामाजिक सञ्जालमा भाइरत भएका थिए । त्यसको चौतर्फी विरोध भएपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १८:२२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।