Logo

प्रमुख समाचार

देउवालाई भेट्न बाबुराम र महिन्द्र बालुवाटार, चुनावी तालमेलबारे छलफल हुँदै



काठमाडौं । नेपाल समाजवादी केन्द्रका अध्यक्ष बाबुराम भट्टराई मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यी दुई नेताबीच केहीबेर अघि भेटवार्ता सुरु भएको केन्द्रका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

भेटमा भट्टराईसँगै पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी छन् ।

दुई नेताबीच आगामी संघ र प्रदेशको चुनावी तालमेल, सत्ता गठबन्धन लगायत समसामयिक राजनीतिबारे छलफल हुँदैछ ।

केही समयअघि जनता समाजवादी पार्टी जसपामा कारवाहीमा परेपछि नयाँ राजनीतिक दल नेपाल समाजवादी केन्द्र खोलेका भट्टराईले चुनावको मिति घोषणा भएसँगै चुनावी तालमेलबारे उच्चस्तरीय भेटघाट गरेका हुन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १७:४९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।