काठमाडौं । काठमाडौंको बालाजुस्थित बाइसधारामा रहेको जुत्ता चप्पल कारखानामा आगलागी भएको छ । वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आगलागीमा मानविय क्षति नभएको एसपी मैनालीले जानकारी दिए । उनका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ ।















प्रतिक्रिया