Logo

समाचार

नेपालमा कोरोना : एकैदिन ३ जनाकाे मृत्‍यु, ८६८ नयाँ संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ । देशका विभिन्न ठाउँमा गरी एकैदिन ३ संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा ८६८ जना नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको हो ।

यस्तै बुधवार थपिएकासँगै संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार १७:०७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।