Logo

कर्पोरेट फोकस

ग्लोबल आइएमईका कर्मचारीले ७ दिन पर्यटन बिदा लिनुपर्ने



ग्लोबल आइएमई बैंकले कर्मचारीले ७ दिन अनिवार्य पर्यटन बिदा लिनुपर्ने व्यवस्था गरेको छ । बैंकले कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा ७ दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था गरेको हो । 

कोभिड महामारीले बिदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ का कारण प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको भन्दै बैंकले यस्तो योजना ल्याएको हो । 

बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । 

ग्लोबल आइएमई बैंकले हाल २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ  ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १९:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।