काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । हात्तीवनस्थित एक घरमा भेटवार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । उनीहरूबीच चुनावी तालमेल, गठबन्धन र पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ ।
बाबुरामले यसअघिनै योग्य युवा उम्मेदवार आए गोरखा २ छाड्न तयार भएको बताएका थिए । २०७४ सालको निर्वाचनमा उनी त्यहीबाट निर्वाचित सांसद हुन् । यसपटक पनि उनले माओवादी केन्द्रकै भर पर्नुपर्ने देखिएको छ । यो निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै माओवादी केन्द्रले जितेको छ । तीन नेताहरूबीच आसन्न निर्वाचनमा कसरी तालमेल गर्ने भन्ने विषयमा समेत लछफल भएको बताइएको छ ।




















प्रतिक्रिया