Logo

प्रमुख समाचार

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा २१ दल दर्ता



काठमाडौं । आगामी प्रतिनिधि तथा प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् । आयोगले दिएको जानकारी अनुसार आगामी निर्वाचनका लागि बिहीवारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् ।

अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ । आयोगमा यसअघि १ सय १६ राजनीतिक दल दर्ता भएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार १६:१९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।