Logo

राजनीति

सत्ता गठबन्धन कार्यदल बैठक : सिट बाँडफाँटको मोडालिटीबारे सकारात्मक छलफल



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको कार्यदल बैठक सकिएको छ ।

बिहीवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको बताइएको छ ।

‘सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे आज छलफल भएको छ । छलफल सकारात्मक भयो’, कार्यदलका सदस्य देव गुरुङले भने ।

कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ–आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताए । गुरुङका अनुसार कार्यदलको अर्को बैठक साउन ३० गते बस्ने छ ।

प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार  ५ : १६ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।