काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । उनीहरुबीच सभामुखको सरकारी निवास लैचचौरमा भेटवार्ता भएको हो ।
भेटमा दुई दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ । ‘भेट दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो,’ सभामुखको सचिवालयले भन्यो ।
भेटमा सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिलल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरेका थिए । यस्तै, नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए ।
जवाफमा राजदूत यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरिन् । साथै उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको बनाइन् । राजदूत यान्छीले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।




















प्रतिक्रिया