Logo

प्रदेश

सोलुखुम्बुको नेचासल्यानमा सिटिइभिटीको आङ्गिक शिक्षालय स्थापना हुने



सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को आङ्गिक शिक्षालय स्थापना हुने भएको छ । साउन १२ गते बसेको परिषद्को १९०औं बैठकले आङ्गिक शिक्षालय स्थापनाका लागि अनुमति दिने निर्णय गरेको हो ।

सोलखुम्बुका सङ्घीय सांसद हेमकुमार राई ‘सुरवीर’को पहलकदमीमा नेचासल्यानमा आङ्गिक शिक्षालय स्थापना गर्ने अनुमति प्राप्त भएको हो । शिक्षालय स्थापनाका लागि ३५ रोपनी जग्गाको आवश्यक पर्नेछ । आफ्नै भौतिक संरचनासहित शिक्षालय स्थापना हुने सांसद राईको सचिवालयले जनाएको छ ।जिल्लामा शि

क्षालय स्थापनापछि हजारौं विद्यार्थी प्राविधिक शिक्षा तथा सीपमूलक तालिम लिनका लागि ठूलो रकम खर्चिएर बाहिर जानुपर्ने बाध्यता हट्ने सांसद राईको विश्वास छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार १४:२५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।