काठमाडौं । सिट बाँडफाँटबारे पार्टीको स्पष्ट धारणा बनाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक शनिवार बिहान ९ बजेका लागि बोलाइएको बैठकमा सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा पार्टीले राख्ने अडान र दृष्टिकोणका विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसले सत्ता गठबन्धनबीच तालमेल हुँदा ९० भन्दा बढी सिट पाउनुपर्ने अडान लिँदै आएको छ । कार्यदलको बैठकमा पार्टीको हाल संसदमा कायम रहेको शक्ति, स्थानीय निर्वाचनमा प्राप्त गरेको मत तथा वर्तमान परिस्थितिको आधारमा सिट बाँडफाँट गर्ने सैद्धान्तिक सहमति भएको छ ।
बैठकमा चुनावी अभियान सञ्चालनका सन्दर्भमा पनि निर्णय लिइने छ। यसअघि भदौ २ देखि सुरु गर्ने भनिएको अभियान ७ गतेदेखि २४ गतेसम्म गर्न शीर्ष तहमा सहमति भएको छ । सो सहमतिलाई कार्य सम्पादन समितिले अनुमोदन गर्ने बताइएको छ ।




















प्रतिक्रिया