Logo

प्रमुख समाचार

आगामी चुनावमा पाँच दलबीच लुम्बिनीमा बलियो गठबन्धन गर्ने निर्णय



रुपन्देही । आगामी निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्तारुढ ५ दलबीच बलियो गठबन्धन गरेर जाने निर्णय भएको छ। संयुक्त गठबन्धनको शुक्रवार बुटवलमा बसेको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको निष्कर्ष निकाल्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई थप प्रभावकारी बनाएर लैजाने निर्णय गरेको हो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश पार्टी कार्यालयमा बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार तयार गर्न आ–आफ्नो पार्टीको तर्फबाट बृहत् रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय भएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बद्रे आलमद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः सक्रिय बनाउने निर्णय भएको उल्लेख छ ।

प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार  ५ : ५५ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।