काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको हाे ।
बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, संगठन सुदृढीकरण अभियान, जनप्रतिनिधिको भेलालगायतका विषयमा छलफल हुने बताइएकाे छ ।
यसैबीच सभापति देउवा पार्टीमा आफूखुसी अघि बढेको भन्दै नेता शेखर कोइरालाले आफू निकटको बैठक पनि बोलाएका छन् । बैठक शनिबार दिउँसो बस्ने बताइएकाे छ ।




















प्रतिक्रिया