काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सिट बाँडफाँट कार्यदलमा भएका छलफलबारे रिपोर्टिङ भएको छ । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयषरीबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बसेको थियो ।
बैठकमा सिट बाँडफाँटको मोडालिटीबारे अहिलेसम्म भएका विषयहरुबारे कार्यदलमा रहेका सदस्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका बताइएको छ । जापानबाट फर्किएपछि सिट बाँडफाँट कार्यदलमा भएको छलफलबारे उनलाई औपचारिक रुपमा जानकारी गराइएको थिएन ।
पाँच दलीय सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटबारे निर्णय लिन ११ सदस्यीय कार्यदल बनाएको छ । सो कार्यदलको प्रगतिबारे बैठकमा वर्षमान पुन र देव गुरुङले रिपोर्टिङ गरेका थिए ।




















प्रतिक्रिया