Logo

राजनीति

८० सिट सम्ममा कांग्रेस मान्ने प्रचण्डको विश्वास



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस ८० सिट पाए सहमतिमा आउन सक्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँमा बसेको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा भएको छलफलमा यस्तो बताएका हुन् ।

बैठकमा कार्यदलका सदस्यहरूले हालसम्म भएको छलफलबारे रिपोर्टिङ गरेका थिए । सो कार्यदलको प्रगतिबारे बैठकमा वर्षमान पुन र देव गुरुङले रिपोर्टिङ गरेका थिए । उनीहरुको कुरा सुनेपछि पार्टी अध्यक्ष प्रचण्डले कांग्रेस सिट बाँडफाँटमा ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका हुन् ।

‘उहाँहरुले कार्यदलको बैठकमा भइरहेको छलफलको ब्रिफिङ गर्नुभयो । कांग्रेस, एकीकृत समाजवादीलगायतले प्रस्तुत गरेका धारणा पनि जानकारी गराउनुभयो’, एक स्थायी समिति सदस्यले भने, ‘कांग्रेसले अन्तिममा ८० सिटमा सहमति जनाउन सक्ने विश्वास उहाँहरुको थियो।’

पाँच दलीय सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटबारे निर्णय लिन ११ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलको बैठकमा यसअघि सिट बाँडफाँटका विषयमा छलफल भएको थियो । अर्को बैठक यही साउन ३० मा बस्दै छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार १३:४७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।