Logo

प्रमुख समाचार

वडाध्यक्षदेखि सांसदसम्म ठेकेदार बनेर काम नगर्ने प्रवृत्ति बढ्याे : मन्त्री राई



वीरगञ्ज । सरकारले कामको जिम्मा लिएर समयमै नसक्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले नेता बनेर काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

वीरगञ्जमा शनिवार तिलावे पुलको उद्घाटन गर्दै उनले वडाध्यक्षदेखि सांसदसम्म ठेकेदार बनेको र काम नगर्ने प्रवृत्ति बढेको बताए । यस्तै, मुद्धा हालेर विकासमा अवरोध सिर्जना गर्नेलाई जनताले चिन्नुपर्ने मन्त्री राईको भनाइ छ ।

आफू मन्त्री हुँदा ८२ वटा पुल अलपत्र रहेकामा त्यसलाई ३४ मा झारेको मन्त्री राईको दाबी छ । उनले संघको जिम्मेवारीमा रहेका सडक, पुल लगायतका आयोजनाको काम समयमै सक्ने वतावरण बनाउन सडक विभागका महानिर्देशकलाई निर्देशन पनि दिए ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ५ : १५ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।