Logo

प्रमुख समाचार

स्थानीय चुनावमा अन्तर्घातले ६० भन्दा बढी सिट गुम्यो : सुवास नेम्वाङ



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गएको स्थानीय चुनावमा अन्तर्घातकै कारण ६० भन्दा बढी सिट गुमाएको बताएका छन् । एमालेले २०६ स्थानीय तह मात्रै जित्ने अवस्था बन्नुमा अन्तर्घात पनि कारण रहेको उनले बताए ।

बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेम्वाङले प्रश्न गर्दै भने, ‘हामीविरुद्ध अरु दलहरु एक छन् भने हामी एकजुट हुनुपर्ने होइन ?’ नेम्वाङले आगामी चुनावमा त्यस्तो गल्ती हुन नहुने बताए ।

तर पपुलर मतमा भने एमाले प्रमुख शक्ति बनेको उनले बताए । उपाध्यक्ष नेम्वाङले नेपाली कांग्रेस भने गठबन्धनविना एमालेसँग आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार १७:२३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।