Logo

प्रमुख समाचार

एमाले प्रमुख सचेतकको विश्लेषण : एक्लै लडे ३९ सिटमा जित र ७० क्षेत्रमा कडा प्रतिस्पर्धा



काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आगामी चुनावमा सबै दल मिलेपनि एमालेले ३९ सिट जित्ने दाबी गरेका छन् । १६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्याङ्क अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको उनले बताए ।

बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा भट्टराईले बाँकी ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने बताए । उम्मेदवार चयन, पार्टीभित्रको एकता र चुनावी माहोल राम्रो बनाउन सक्दा ती ७० क्षेत्रमा पनि एमालेले जित्ने उनले बताए ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ५ : ३९ बजे