Logo

समाचार

थापाथली पुलबाट बागमतीमा हामफालेकी महिलाको ट्रमामा उपचार हुँदै



काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती पुलबाट हाम फालेर आत्महत्या प्रयास गरेकी महिलालाई प्रहरीले उद्धार गरी अस्पताल पठाएको छ ।

उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

ती महिलाले शनिबार अपराह्न सवा ४ बजे बागमतीमा हाम फालेकी थिइन्। सिंहदरबार प्रहरीले उनको उद्धार गरी अस्पताल पठाएको एसपी मैनालीले बताए । उनको अवस्था सामान्य नै रहेकाे छ ।

प्रहरीले आत्महत्या प्रयास गरेकी महिलाको परिचय भने खुलाएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार १८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।