काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती पुलबाट हाम फालेर आत्महत्या प्रयास गरेकी महिलालाई प्रहरीले उद्धार गरी अस्पताल पठाएको छ ।
उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
ती महिलाले शनिबार अपराह्न सवा ४ बजे बागमतीमा हाम फालेकी थिइन्। सिंहदरबार प्रहरीले उनको उद्धार गरी अस्पताल पठाएको एसपी मैनालीले बताए । उनको अवस्था सामान्य नै रहेकाे छ ।
प्रहरीले आत्महत्या प्रयास गरेकी महिलाको परिचय भने खुलाएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया