Logo

राजनीति

अन्तरविरोधका कारण स्थानीय तहमा ५० भन्दा बढी स्थान गुमाइयाे : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अन्तरविरोधका कारण स्थानीय तह निर्वाचनमा पार्टीले ५० भन्दा बढी स्थान गुमाउनुपरेको बताएका छन् । नेताहरूमा वैचारिक विचालन आएको र पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तहका धेरै सिट गुमाउनुपरेको उनको ठहर छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले संघ र प्रदेशको निर्वाचन आइरहेका बेला पार्टीलाई एकताबद्ध ढंगले अघि बढाए देशको नेतृत्व माओवादीले गर्ने अवसर प्राप्त हुने पनि बताए । जनतामा माओवादीप्रति आशा र भरोसा नटुटेको तर केही नेताहरूमा पार्टी नेतृत्वप्रतिको विश्वास धर्मराएको उनको भनाइ छ ।

अहिलेको ठूलो चुनौती भनेको पार्टीभित्रकै नेताहरूलाई मिलाउने रहेको उनले बताए । प्रचण्डले संविधान रक्षाका लागि बनेको सत्ता गठबन्धनलाई अघि बढाएर मुलुकको परिवर्तनलाई थप विकसित गर्न आवश्यक रहेकामा पनि जोड दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार १८:४१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।